चाडपर्वमा अपराध र दुर्घटना रोक्न प्रहरीको कडाइ
lokaantar.com

चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि तथा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका मुख्य सडक, बसपार्क तथा भित्री क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। लागूऔषध, विस्फोटक पदार्थ तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्न प्रहरीले चेकजाँचमा तीव्रता दिएको हो।
केन्द्रीय बसपार्क, गोन्द्राङ क्षेत्रलगायत बाहिरबाट आउने तथा स्थानीय सवारीसाधन सञ्चालन हुने स्थानमा जाँचमा कडाइ गरिएको छ। सवारी दुर्घटना रोक्न तीव्र गति, मादक पदार्थ सेवन (मापसे) र लागूऔषध सेवन (लापसे) गरी सवारी चलाउनेमाथि प्रहरीले निगरानी बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)