कोसी प्रदेशसभाको बैठक आह्वान
nepalnews.com · Thu Aug 13 12:28:18 GMT 2026

विराटनगर। कोसी प्रदेससभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते दिउँसो १ बजे बस्ने भएको छ। कोसी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जारी गरेको सूचनाअनुसार गत असार २४ गते अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगित भएको थियो आगामी बैठक कोशी प्रदेशसभा कटहरीमा बस्ने सूचनामा जनाइएको छ।
सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभा सदस्यको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव खड्काले जानकारी दिए। नवौँ अधिवेशनको पहिलो बैठकदेखि २२औँ बैठक विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन भएको थियो। गत भदौमा भएको जेन-जी आन्दोलनअघि बैठक जिल्ला समन्वय समितिको परिसरभित्र निर्मित भवनबाट सञ्चालन भइरहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)