मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी आन्दोलनमा फरार बाबु थापा पक्राउ

gorkhapatraonline.com · Thu Oct 15 03:51:09 GMT 2026

जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २४ गते केन्द्रीय कारागार जग्गनाथदेवल, सुन्धाराबाट फरार भएका बाबु थापालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार रात महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिकास्थित मिलनचोकमा रहेको आफ्नै घरबाट थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र नाथ पौडेलले जानकारी दिनुभयो । फरार भएता भारत तथा नेपालका विभिन्न ठाउँमा लुकेर बसेका थापा घरमा आएको सूचना प्राप्त भएपछि बुधबार राति जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय हरिवन, इलाका प्रहरी कार्यालय कर्मैयाको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)