मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरका बिरामीको खाना र अक्सिजनको बजेट कटौती नगर्न सर्वोच्चको आदेश

nayapatrikadaily.com · Sun Jan 21 00:40:00 GMT 2024

सर्वोच्च अदालतले स्वास्थ्य मन्त्रालयबाट वीर अस्पताललाई प्रदान गर्दै आइरहेको बिरामीको खाना र अक्सिजनको बजेट कटौती नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीशद्वय हरि फुँयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश जारी गरेको हो ।

अस्पताललाई अत्यावश्यक हुने शीर्षकको बजेट कटौती गरेपछि २६ पुसमा सोविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो । सर्वोच्चले शुक्रबार रिटको सुनुवाइ गर्दै स्वास्थ्य जनताको संवेदनशील विषय भएको हुनाले बजेट नरोक्न आदेश जारी गरेको छ । अधिवक्ता विमल पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पतालविरुद्ध रिट हालेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)