मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ठगी प्रकरणमा ४ जना पक्राउ

ratopati.com · Thu Oct 15 11:56:05 GMT 2026

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकहरूको स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा अतिरिक्त शुल्क असुल गरी ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कैलाश खड्कासहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ बस्ने ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ बस्ने ४० वर्षीय रवीन्द्र केसी, गोरखा नगरपालिका–३ घर भई हाल काठमाडौँको टोखा बस्ने ४२ वर्षीय प्रविण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने ४५ वर्षीय रामपुकार तिवारी रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)