आजदेखि कांग्रेस इतर पक्षको भेला, देउवाले उद्घाटन गर्ने
nepalpress.com · Fri Aug 14 00:50:31 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आजदेखि सुरू हुँदैछ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा तय गरिएको भेला ३ दिनसम्म चल्नेछ ।
भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला छन् । इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट फर्किसकेका छन् । उनले नै भेला उद्घाटन गर्ने छन् । संस्थापन इतर समूहले देउवालाई चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्ष बनाएर राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)