कसरी हराउँदै छन् धामी?
nepalnews.com · Fri Aug 14 01:15:34 GMT 2026

नेपालका हिमालदेखि तराईसम्म तथा पूर्वदेखि पश्चिमसम्म सबै भेगका सबैखाले आदिवासी प्रकृतिपूजक र धामी प्रथा अँगाल्ने सांस्कृतिक पृष्ठभूमिका छन्। केही दशकअघिसम्म आदिवासी समाज धामीमय थियो। धामीले समाजको सांस्कृतिक नेतृत्व गर्थ्यो। तर, पछिल्लो समय वास्तविक सांस्कृतिक धामीहरूको संख्या हरेक जाति, समुदाय तथा समाजमा घट्दै गएका छन्। सहरबजारमा पैसा कमाउन चटक गर्ने धामीझाँक्रीको बिगबिगी अलग कुरा भयो।
हुन त नेपालमा आधिकारिक रूपमा धामीहरूको गणना गरिएको छैन तर अनुसन्धान नगर्नेका आँखाले पनि धामीको संख्या तीव्र रूपमा घट्दै गएको स्पष्ट देखिन्छ। हिमाली क्षेत्रका बोन धामी होस् कि किराती धामी होस् या खस मष्टो धामी होस्, सबैखाले धामीहरू घटिरहेका छन्, लोप हुने दिशामा गइरहेका छन्। सांस्कृतिक धामीको अभावले सांस्कृतिक कर्मकाण्ड, पूजापाठ र अनुष्ठान गर्न कठिनाइ भोगिरहेका समाज तथा समुदायहरू निकै भेटिन्छन्। पुजारी नाक्छोङको देहान्तपछि नयाँ नाक्छोङ ननिस्केर पुज्न छोडिएका साखेवा/साकेला थानहरू राई गाउँहरूमा प्रशस्त भेटिन थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)