राजमार्गका होटलमा अस्वस्थकर खाना र चर्को मूल्य असुले कारबाही हुने
nepalnews.com · Thu Oct 15 14:40:05 GMT 2026

काठमाडौँ। राजमार्गमा यात्रुवाहक सार्वजनिक सवारीसाधन रोकिने होटल तथा रेस्टुरेन्टमा अस्वस्थकर खाना बिक्री गर्ने र चर्को मूल्य असुल्ने गरेको पाइएमा चालक र सञ्चालक दुवैलाई कडा कारबाही गरिने भएको छ।
यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै यात्रुहरूलाई गुणस्तरहीन खाना खुवाउने र मनपरी मूल्य लिने प्रवृत्तिलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ। यस विषयमा पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायका प्रतिनिधिहरूबीच भएको बैठकले आवश्यक कडाइ गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)