देउवाको एउटा अवसर : वक्तव्य र व्यवहारबीचको दूरी
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी गरेको लिखित वक्तव्यले नेपाली राजनीतिक वृत्तमा एउटा गम्भीर अपेक्षा जगाएको थियो। लामो समयपछि स्वदेश फर्किएका देउवाले आफू “शक्ति तथा पद प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न” आएको स्पष्ट गर्दै नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर अन्य राजनीतिक दलहरूसँग सहमति र सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए।
राजनीतिक जीवनको लामो अनुभव बोकेका देउवाबाट आएको यो अभिव्यक्ति सामान्य राजनीतिक वक्तव्यमात्र थिएन । यसको आफ्नै राजनीतिक सन्देश थियो। शक्ति, पद र गुटगत प्रतिस्पर्धाभन्दा माथि उठेर राष्ट्रिय एकता र राजनीतिक सहकार्यको वातावरण निर्माण गर्ने संकेतका रूपमा यसलाई बुझ्न सकिन्थ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)