काभ्रेको तामाघाटमा स्कुटर पल्टिँदा चालकको मृत्यु, पैदलयात्री घाइते
onlinekhabar.com · Fri Aug 14 02:01:35 GMT 2026

२९ साउन, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट बजारमा पैदलयात्रीलाई ठक्कर दिएर स्कुटरसमेत पल्टिँदा चालकको मृत्यु भएको छ । पैदलयात्री भने घाइते भएका छन् ।
मृत्यु हुनेमा काठमाडौंको थली बस्ने ४० वर्षीय रवि सिम्खडा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)