धरानको बजेट डेढ महिनापछि पारित, २ अर्ब ७६ करोड विनियोजन
nepalpress.com · Fri Aug 14 02:11:09 GMT 2026

धरान । धरान उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि २ अर्ब ७६ करोड १९ लाख २७ हजार बराबरको बजेट बल्ल पारित गरेको छ । बिहीबार १९औं नगर सभामा कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले पेश गरेको बजेट पारित गरेको हो ।
योसँगै धरानले बजेट होलिडेबाट पार पाएको छ । स्थानीय तहले असार १० भित्र बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान छ । तर, यहाँ आन्तरिक विवादले बजेट पारित हुन सकेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)