खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा युवाको मृत्यु
ratopati.com · Fri Aug 14 02:24:28 GMT 2026

जनकपुरधाम । खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लाग्दा धनुषामा एक युवाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहीबार साँझ नगराईन नगरपालिका ८ स्थित खिरखिरिया खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा स्थानीय २५ वर्षीय सितेश कुमार दासको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)