नाइमा एक्सपोमा ट्रायम्फको नयाँ स्पिड टी४ सार्वजनिक, मूल्य कति ?
clickmandu.com · Fri Aug 14 02:39:47 GMT 2026

काठमाडौं । ट्रायम्फ मोटरसाइकल्स नेपालले नाइमा अटो शो २०२६ मा नयाँ ट्रायम्फ स्पिड टि४ सार्वजनिक गरेको छ। यसले नेपालमा ट्रायम्फको मोर्डन क्लासिक सिरिजको बाइक लाइनअप बढाएको छ।
नयाँ स्पिड टि४ को मूल्य ६ लाख ४९ हजार ९ सय रुपैयाँ छ । स्पिड टि४ मा ट्रायम्फको क्लासिक रोडस्टर डिजाइन र लो-स्पिड टर्क दिइएको छ जस्ले यो मोटरसाईकल को ह्यान्डलिङ सजिलो बनाएको छ । नेपालका सडक अवस्थाका लागि यो बाइक राम्रो रहनेछ र यो बाइक देशभरका ट्रायम्फका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)