देशभरका विभिन्न राजमार्ग अवरुद्ध, यातायात प्रभावित
nepalsamaya.com · Fri Aug 14 02:42:00 GMT 2026

काठमाडौं- अविरल वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न स्थानमा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। शुक्रबार बिहान ७ बजेसम्मको विवरणअनुसार विभिन्न जिल्लाका सडकखण्डमा सवारीसाधनको आवागमन प्रभावित भएको छ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण सवारीसाधनको रातिको आवागमन रोक लगाइएको छ। उक्त सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म आवागमन सञ्चालन हुने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)