देउवाको आगमन, कांग्रेस समीकरणमा जोड–घटाउ
annapurnapost.com · Fri Aug 14 02:48:44 GMT 2026

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा फागुन १३ गते राति उपचारका लागि ‘सुटुक्क’ सिंगापुर प्रस्थान गरे। एकातिर सत्ताबाट विमुख, अर्कोतिर पार्टी राजनीतिबाट ‘किनारा’ मा परेका देउवाको सिंगापुर प्रस्थानले राजनीतिमा अनेक प्रश्न उब्जाएका थिए। त्यसमाथि सम्पत्ति शुद्धीकरणलगायतमा छानबिन र सरकारबाट पक्राउ गरिने हल्ला चलाइएको थियो। तर, बिहीबार स्वदेश फर्किने क्रममा देउवाका पक्षमा देखिएको कांग्रेस समर्थकको भीडले पार्टीको आन्तरिक राजनीतिक समीकरणमा फेरि हलचल पो ल्याउने हो कि भन्ने अनुमान गर्न थालिएको छ।
५ महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्केलगत्तै देउवाको नाममा अपिल जारी गरियो।‘आफू नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर’ फर्किएको देउवाले अपिलमा उल्लेख गरे। आफूलाई ‘विनम्र सेवक’ का रूपमा प्रस्तुत गर्दै सुन्न, सिक्न र समुन्नत मुलुक निर्माणको यात्रामा समर्पित हुन नेपाल फर्किएको उनले बताएका थिए। अपिलमा देउवाले भनेका छन्– ‘जनता नै देशका मालिक हुन्, जनताले जे चाह्यो त्यही हुन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)