बाजुरा पहिरो अपडेटः बेपत्ता र घाइतेको पहिचान खुल्यो
nagariknews.nagariknetwork.com · Fri Aug 14 03:45:47 GMT 2026

बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ।
बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापा रहेकी छिन्। पहिरोमा परेर स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार थापाको बायाँ खट्टा र शरीरमा तथा रावलको टाउको, खुट्टा र शरीरमा चोट छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)