मलेसियाको औद्योगिक उत्पादनमा उल्लेख्य वृद्धिः दोस्रो त्रैमासमा ७.७ प्रतिशतको विस्तार
makalukhabar.com · Fri Aug 14 04:22:07 GMT 2026

एजेन्सी । सन् २०२६ को दोस्रो त्रैमासमा मलेसियाको औद्योगिक उत्पादन सूचकांकमा ७.७ प्रतिशतको वृद्धि भएको छ । खानी, उत्पादन (म्यानुफ्याक्चरिङ) र विद्युत् क्षेत्रको उत्पादनमा आएको सुधारका कारण औद्योगिक वृद्धिदरमा तीव्रता आएको मलेसियाको तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२६ को पहिलो त्रैमासमा औद्योगिक उत्पादन वृद्धिदर ४ प्रतिशत रहेकोमा दोस्रो त्रैमासमा यसमा उल्लेख्य सुधार देखिएको हो । विभागकाअनुसार दोस्रो त्रैमासमा खानी क्षेत्रको उत्पादनमा ९.४ प्रतिशत, उत्पादन क्षेत्रमा ७.४ प्रतिशत र विद्युत् क्षेत्रमा ७.३ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो त्रैमासको तुलनामा औद्योगिक उत्पादन सूचकांक १.९ प्रतिशतले बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)