सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?
arthasansar.com · Fri Aug 14 04:27:19 GMT 2026

सिटिजन्स बैंक लिमिटेडको नाफामा वृद्धि देखिएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा ६३ प्रतिशतले नाफा बढेको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.०५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)