रोल्पामा लगातार पहिरोको विपत्ति, सुनछहरीको गाममा चार जनाको मृत्यु
kendrabindu.com · Fri Aug 14 04:57:39 GMT 2026

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ भित्रीगाम, फल्बाङमा बिहीबार राति पहिरोले दुईवटा घर पुरिँदा चार जनाको मृत्यु भएको छ। पहिरोमा परी दुई पुरुष र दुई महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा प्रहरी पुगेर घटनाबारे जानकारी संकलन गरिरहेको रोल्पाका प्रमुख जिल्ला प्रहरी उपरीक्षक (प्रनाउ) पंचकुमार बाखुले बताए। घटनाको विस्तृत विवरण तथा मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)