अर्घाखाँचीमा बाख्रामा पिपीआर सङ्क्रमण
canadanepal.com · Fri Aug 14 05:13:43 GMT 2026

अर्घाखाँची - अर्घाखाँचीमा बाख्रामा फैलिने सङ्क्रामक रोग पिपीआर देखा परेको छ।
पिपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को विष्टबारी र मकैडाँडा, वडा नं ५ को असुरकोट तथा वडा नं ८ को नुवाकोट उप्रिकोट क्षेत्रलाई सिल गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए। अर्को आदेश नभएसम्म ती क्षेत्रबाट बाख्रा अन्यत्र ओसारपसार नगर्न कडाइका साथ निर्देशन दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)