देउवाको अबको राजनितिक भविस्य र कानुनी चुनौती के ?
kendrabindu.com · Fri Aug 14 05:17:34 GMT 2026

जेन जी आन्दोलनपछि राजनीतिबाट विस्थापित शेरबहादुर देउवा स्वदेश फर्किँदा पञ्चेबाजासहित स्वागत गरियो । राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत-सत्कारको राजनीतिक सन्देश के हो? कसरी अगाडि बढ्छ मुलुकको राजनीति? अब कांग्रेस कसको—देउवाको कि गगनको? सम्पत्ति शुद्धीकरणमा कसरी हुँदैछ देउवामाथि अनुसन्धान?
झन्डै साढे पाँच महिनाको विदेश बसाइपछि स्वदेश फर्केका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले बिहीबार भव्य स्वागत पाए। दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका देउवालाई नेता–कार्यकर्ताले एयरपोर्टदेखि निवाससम्मै पञ्चेबाजासहित स्वागत गरे। स्मरणीय त यो छ कि यसरी स्वागत गर्नकै लागि उनी आउने समय परिवर्तन गरिएको थियो। यसअघि २६ गते राति साढे ७ बजे काठमाडौं आइपुग्ने तालिका रहेकोमा स्वागत गर्न नपाइने भयो भनेर उनी समर्थक नेताहरूले नै तालिका फेर्न लगाएका थिए। देउवा पनि के कम? दिउँसो जाँदा भव्य स्वागत पाइने अपेक्षा हुनु नराम्रो होइन। नेता–कार्यकर्ताले स्वागत गर्ने चाहना राखे, उनले पनि स्वागत ग्रहण गर्ने प्रस्ताव स्वीकारे। त्यसकै मिलन थियो आज विमानस्थलदेखि धुम्बाराहीसम्म देखिएको जुलुस र स्वागतमा उत्रेका नेता–कार्यकर्ताको भेट।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)