साढे ६ लाखमा ट्रायम्फको स्पिड टी४ बाइक
baahrakhari.com · Fri Aug 14 06:12:34 GMT 2026

काठमाडौं । ट्रायम्फ मोटरसाइकल्स नेपालले काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ ट्रायम्फ स्पिड टी४ सार्वजनिक गरेको छ । नयाँ मोडेलको आगमनसँगै नेपालमा ट्रायम्फको मोडर्न क्लासिक सिरिजअन्तर्गतको मोटरसाइकल लाइनअप थप विस्तार भएको छ ।
ट्रायम्फ स्पिड टी४ को मूल्य ६ लाख ४९ हजार ९ सय तोकिएको छ । क्लासिक रोडस्टर डिजाइन तथा कम गतिमा उच्च टर्क प्रदान गर्ने विशेषतासहितको यो मोटरसाइकल सहरी आवतजावतदेखि लामो दूरीको यात्रासम्मका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । नेपाली सडक अवस्थालाई ध्यानमा राख्दै सहज ह्यान्डलिङ र आरामदायी यात्रालाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)