प्राइम कमर्सियल बैंकको नाफा ४ अर्ब बढी, वितरणयोग्य मुनाफा कति ?
nepalpress.com · Fri Aug 14 06:31:43 GMT 2026

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४९ प्रतिशत बढी हो । त्यसबेला बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको गत आवसम्मको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.०५ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी ५.८२ प्रतिशत बढ्दा सञ्चालन मुनाफा २६.९४ प्रतिशत बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)