कर्जा माग कमजोर रहे पनि बैंकिङ क्षेत्रको सञ्चालन नाफामा सुधार, खराब कर्जा र प्रोभिजनिङको दबाब कायमै
aarthiknews.com

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा कर्जा विस्तारको गति लगातार दुई वर्षदेखि सुस्त रहे पनि वाणिज्य बैंकहरूको सञ्चालन नाफामा भने उल्लेख्य सुधार देखिएको छ। कर्जा माग कमजोर, लगानीको वातावरण सुस्त र बैंकिङ प्रणालीमा पर्याप्त तरलता थुप्रिएको अवस्थामा पनि बैंकहरूले सञ्चालन आम्दानी तथा खर्च व्यवस्थापनमा सुधार गर्दै नाफा बढाएका हुन्।
आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.२ प्रतिशतले बढेको थियो। त्यस वर्ष करिब ४ खर्ब २४ अर्ब रुपैयाँ कर्जा विस्तार भएको थियो। आर्थिक वर्ष २०८२/८३ मा कर्जा विस्तार अझ खुम्चिएर ६.३३ प्रतिशतमा सीमित भयो। यस अवधिमा बैंकहरूले करिब ३ खर्ब १५ अर्ब रुपैयाँ मात्रै कर्जा विस्तार गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)