जेनजी आन्दोलनको सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
himalpress.com · Fri Aug 14 10:09:34 GMT 2026

काठमाडौँ- सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेनजी आन्दोलनका क्रममा भएका घाइते तथा सहिद परिवारका सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवको संयोजकत्वमा गठित ‘जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति’ ले सरकार र आन्दोलनकारी पक्षबीच भएका सम्झौताहरूको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्ने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)