रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’ को टिजर सार्वजनिक
kalakarmi.com · Fri Aug 14 10:41:36 GMT 2026

काठमाडौं- अभिनेत्री तथा निर्देशक रेखा थापा निर्देशित आगामी फिल्म ‘माया भनेकै यस्तो होला’ को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले युट्युबमार्फत सार्वजनिक गरेको टिजरले फिल्मको कथावस्तु, पात्र र उनीहरूबीचको सम्बन्धबारे झलक दिएको छ ।
टिजरमा एक पुरुष पात्रको तीन महिलासँगको प्रेम, विवाहपछि विकसित हुने सम्बन्ध, अपेक्षा, द्वन्द्व र भावनात्मक उतारचढावलाई प्रस्तुत गरिएको छ । प्रेम र विवाहलाई फरक- फरक पात्रको दृष्टिकोणबाट बुझाउने प्रयास फिल्ममा मर्मस्पर्शी रूपमा देखाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)