देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ : रमेश लेखक
aarthiknews.com

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै लेखकले पार्टीलाई एकताबद्ध बनाउन विगतमा विभिन्न प्रयास भए पनि त्यसले अपेक्षित परिणाम दिन नसकेको बताए । उनले पार्टी एकताका लागि अझै निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए ।
‘नेपाली कांग्रेस शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुनेछ, यो हामी सबैले विश्वास गर्न सक्छौँ । आज कांग्रेसका साथीहरू मात्र होइन, देशभरका लोकतन्त्रवादीहरू र लोकतन्त्रमा विश्वास गर्नेहरूले चाहेको पनि यही हो,’ उनले भने । लेखकले कांग्रेसलाई एकताबद्ध गर्न आफूहरूबाट विभिन्न प्रयास भएको भए पनि त्यसले परिणाम दिन नसकेको बताए । पार्टी एकताका लागि आफू व्यक्तिगत रूपमा पनि विभिन्न घटनामा जोडिएको र त्यसलाई नजिकबाट देखेको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)