सानेपामा शरीर मात्रै छ, कांग्रेसको आत्मा यो भेलामा छ : डा. प्रकाशशरण महत
ratopati.com · Fri Aug 14 12:15:22 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले पार्टीको आधिकारिक मुख्यालय सानेपामा शरीर मात्रै रहेको तर कांग्रेसको वास्तविक आत्मा राष्ट्रिय भेलामा उपस्थित भएको बताएका छन् । काठमाडौँमा इतर समूहले गरेको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा डा.महतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीमा एकता नचाहेको आरोप लगाए ।
महतले विशेष महाधिवेशन पक्षधर नेतृत्वले राष्ट्रिय भेलामा सहभागी भएका ठुलो सङ्ख्याका नेता–कार्यकर्ताहरूलाई स्वीकार गर्न नसकेको दाबी गरे । ‘विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीमा एकता चाहेकै छैन,’ उनले भने, ‘उनीहरू यो राष्ट्रिय भेलामा आएका नेता–कार्यकर्तालाई चाहेका छैनन्, त्यसैले पटक–पटक भएका वार्ता र संवादमा कुरा मिल्न सकेन।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)