बागमती प्रदेशसभा बैठक भदौ १ गते बस्ने
makalukhabar.com · Fri Aug 14 12:41:17 GMT 2026

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आगामी भदौ १ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौँडाले आज सूचना जारी गर्दै उक्त दिन दिउँसो १ः०० बजेका लागि बैठक आह्वान गरेको हो ।
प्रदेशसभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईँका अनुसार जारी आठौँ अधिवेशनअन्तर्गत बस्ने बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)