देउवा फर्किएलगत्तै कांग्रेसमा नयाँ मोर्चाबन्दी
nepalnews.com · Fri Aug 14 13:15:32 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइराला समूहले नयाँ पार्टी गठनको तयारी झल्किने गरी ‘राष्ट्रिय भेला’ सुरु गरेको छ। शुक्रबारदेखि सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु भएको भेलामा देशभरका ७७ जिल्लाबाट कार्यकर्ता र महाधिवेशन प्रतिनिधि भेला भएका छन्।
पूर्वमहामन्त्री शशांक कोइरालालाई भेलाको संयोजक बनाइएको छ भने बिहीबार मात्रै थाइल्यान्डबाट फर्किएका देउवालाई सभापतिकै हैसियतमा प्रमुख अतिथि बनाइएको छ। बीपी कोइरालाका पुत्र शशांकलाई अगाडि सारेर देउवा-कोइराला समूहले संस्थापन पक्षविरुद्ध राजनीतिक दबाब बढाउने प्रयास गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)