मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तातोपानी नाका खोल्न चीन अनिच्छुक, रसुवा र कोरला नाका प्राथमिकतामा

kendrabindu.com · Fri Oct 16 04:12:40 GMT 2026

काठमाडौं । १० भदौमा आएको भोटेकोशी बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएपछि नेपालले लामो समयदेखि अवरुद्ध सिन्धुपाल्चोकको तातोपानी नाका खोल्न चिनियाँ पक्षसँग आग्रह गर्‍यो । तर, चीनले तातोपानी खोल्न तत्काल सहमति दिनुको सट्टा रसुवागढीलाई नै मुख्य व्यापारिक नाकाका रूपमा पुनः सञ्चालन गर्न सहयोग गर्ने आश्वासन दियो ।

विकल्पका रूपमा प्रयोग हुँदै आएको मुस्ताङको कोरला नाका पनि बाढी र पहिरोले अवरुद्ध भएपछि दसैंको मुखमा व्यापारीले मगाएका सामान अलपत्र परेका छन् । कोरला नाकासमेत अवरुद्ध भएपछि नेपाल हिमालय सीमापार वाणिज्य संघले चिनियाँ राजदूत झाङ माओमिङलाई पत्र नै लेखेर नाका खोल्न आग्रह गर्‍यो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठसहितको टोलीले पनि राजदूतलाई भेटेरै आग्रह गर्‍यो । परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि कूटनीतिक पहल गरे । तर, दसैंअघि तातोपानी नाका खुल्ने सम्भावना देखिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)