३५ वर्षपछि रंगशालामा चेली
ekantipur.com · Fri Sep 10 00:28:01 GMT 2021
काठमाडौँ — राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले डिफेन्डर सिर्जना सिंह छमछमी नाचेको फोटो फेसबुक पेजमा अपलोड गरे । सिर्जना हाफ–पाइन्ट, टिसर्ट र स्पोर्ट्स सुजमै सिन्धु मल्लको ‘चिटिक्कै भा छु रे...’ गीतमा नाचेकी थिइन् ।
त्यसको भोलिपल्ट बिहीबार उनीसहित प्रीति राई, सविता राना र रश्मीकुमारी घिसिङले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे । उनीहरूले यस्तो मौका नेपाली महिला राष्ट्रिय टिमले दशरथ रंगशालामा पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा नै पाए । नेपाली महिलाले धुमधामसँग मनाउने हरितालिका तीजकै दिन बंगलादेशविरुद्ध भएको यो ऐतिहासिक खेल नेपालले २–१ ले जित्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)