भन्सार कटेको करिब १०० किलो सुन बरामद
annapurnapost.com · Thu Jul 20 00:50:56 GMT 2023
काठमाडौं : झट्ट हेर्दा मोटरसाइकल र स्कुटरको ब्रेक सु। पूरै सिल प्याक। तर, उक्त सामान ब्रेक सु मात्रै थिएन, भित्र भेटियो सुनका टुक्रा, त्यो पनि एक क्वीन्टल बढी। हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पनि पार गरेर सिनामंगल पुग्न लागेको अबैध सुन बुधबार बरामद भएको छ। प्रहरी भन्छ, ‘यो बरामद भएको हालसम्मकै सबैभन्दा ठूलो परिमाण हो।’ यो घटनाले नेपालमा सुन तस्करी गर्ने नयाँ शैलीको पनि खुलासा गरेको छ।
परिमाण धेरै र मोटरसाइकल र स्कुटरको पार्ट्समा मिसाएका कारण छुट्याउन समय लागेकाले आधिकारिक तौल निक्र्यौल भइनसकेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना बताउँछन्। यो समाचार तयार पार्दासम्ममा उनले भने, ‘सुन करिब एक क्वीन्टल बढी हुनसक्छ।’ राजस्व अनुसन्धान विभागका अधिकारीहरूले सुनसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनका आयातकर्ता रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालक छन्। चालकको परिचय खुलेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)