राजधानीमा किशोरीको हत्या आरोपमा एक युवक पक्राउ
lokaantar.com
राजधानीकी एक किशोरीको हत्या आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ । केही दिनअघि मृत अवस्थामा भेटिएकी गोकर्णेश्वर नगरपालिकाकी सुस्मा लामाको हत्या आरोपमा प्रहरीले रुपेन्द्र लामा नाम गरेका युवकलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार १२ कक्षामा अध्ययनरत लामाको शव प्रहरीले गत फागुन २५ मा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरमा फेला पारेको थियो । सोही घटनाको अनुसन्धानका क्रममा युवकलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)