तिहारपछि केन्द्र सरकारसँग प्रहरी समायोजनबारे वार्ता गर्छौ : मुख्यमन्त्री यादव
aarthiknews.com

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले दशैं तिहारपछि केन्द्र सरकारसँग प्रहरी समायोजन सम्बन्धी वार्ता गर्ने जानकारी गराएका छन् । ७१औं प्रहरी दिवसको अवसरमा जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मुख्मन्त्री यादवले सातवटै प्रदेशका मुख्यमन्त्री एकै पटक तिहारपछि केन्द्र सरकारसँग वार्ता गर्न जाने बताए ।
उनले प्रहरी समायोजसम्बन्धी कार्यलाई अघि बढाउन हालै कोशी प्रदेशमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन कार्यक्रमबाट एजेन्डा नै पारित गरेको बताए । प्रधानमन्त्री बालेन्द्र शाहले जनकपुरधामको तिरहुतीया गाछिमा भाषण दिने क्रममा प्रदेशलाई अधिकार सम्पन्न बनाउने वाचा गरेबमोजिम उनलाई ध्यानाकर्षण गराउन तिहारको विदा लगत्तै सातवटै प्रदेशका मुख्यमन्त्री काठमान्डौं जाने मुख्यमन्त्री यादवले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)