एसपीपीमा सहभागी नहुने सरकारको प्रतिबद्धता
ekantipur.com · Thu Jun 16 00:52:26 GMT 2022
काठमाडौँ — अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सम्झौता गर्दा सत्ता गठबन्धन टुट्ने जोखिम बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका छन् । सत्ता गठबन्धन दलबाटै तीव्र विरोध भएपछि देउवाले उक्त सम्झौतासम्बन्धी विषय अमेरिका भ्रमणको सूचीमा नराख्ने बताएका हुन् । उनको अमेरिका भ्रमणका बेला सम्झौतामा हस्ताक्षर गर्ने तयारी सरकारले गरेको थियो ।
देउवाले बुधबार बिहान गठबन्धन दलका शीर्ष नेतालाई बालुवाटार बोलाएर सम्झौता नहुने प्रस्ट पारेका थिए । गठबन्धन बैठककै निष्कर्षबमोजिम कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अमेरिकाले प्रस्ताव नै नगरेकाले सम्झौता अघि नबढ्ने जवाफ संसद्लाई दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)