८०औं स्वतन्त्रता दिवस मनाउँदै भारत
reportersnepal.com · Sat Aug 15 07:21:46 GMT 2026

काठमाडौं । भारतले आज ८०औं स्वतन्त्रता दिवस मनाउँदैछ। सन् १९४७ अगस्ट १५ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएको अबसरमा भारतले यस वर्षको स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमसहित मनाउन लागेको हो।
स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले स्वतन्त्रता संग्राममा योगदान दिएका सेनानीहरूको बलिदानको स्मरण गर्दै देशवासीलाई शुभकामना दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)