बाढीपछि राहतमा २० अर्बसम्म स्रोत, पुनर्निर्माणका लागि बाह्य सहयोगको तयारी
aarthiknews.com

काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि सरकारले करिब २० अर्ब रुपैयाँसम्म स्रोत परिचालन गर्न सक्ने भएको छ। अर्थ मन्त्रालयका अनुसार सुरुमा राज्यको आफ्नै स्रोतबाट खर्च गर्ने र आवश्यकता बढे विकास साझेदारले प्रतिबद्ध गरेको अनुदान तथा ऋणसमेत परिचालन गरिनेछ।
अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले तत्कालीन आवश्यकता पूरा गर्न राज्यको आन्तरिक स्रोत प्रयोग गरिने बताए। विपद्को क्षतिको विस्तृत विवरण आएपछि पुनर्निर्माणका लागि आवश्यक स्रोतको थप आकलन गरिने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)