भन्सार छलीका ९ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद
barnanmedia.com · Fri Oct 16 22:13:18 GMT 2026

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बनरहवाबाट प्रहरीले भन्सार छली गरी लुकाइछिपाइ राखिएका रु नौ लाख १८ हजार मूल्य बराबरका मोबाइलका डिस्प्ले तथा बडी प्यानल बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गएराति खोजतलास गर्दा उक्त स्थानमा लुकाइछिपाइ राखिएका मोबाइलका पार्टपुर्जा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)