मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सकियो टोकियो ओलम्पिक, ३९ स्वर्ण पदकसहित अमेरिकाको वर्चस्व

ekantipur.com · Mon Aug 09 01:14:45 GMT 2021

टोकियो — टोकियो ओलम्पिक २०२० को पदक तालिकामा सुरुबाटै चीनले अग्रता लियो । उद्घाटन समारोहको भोलिपल्टदेखि गणना गरेर प्रतिस्पर्धाको १५ औं दिनसम्म उसलाई कसैले उछिन्न सकेको थिएन । चीनले ३८ स्वर्णसहित शीर्षस्थानमा रहेर ३२ औं ग्रीष्मकालीन ओलम्पिकको अन्तिम दिन आइतबारको प्रतिस्पर्धा थालेको थियो । चीन स्वर्णको दुई अवसरमा चुकेपछि अमेरिकाले शीर्षस्थान कब्जा गर्‍यो ।

ग्रीक राजधानी एथेन्सबाट १२५ वर्षअघि सुरु भएको आधुनिक ओलम्पिकमा स्वर्णका आधारमा पदक तालिकामा वरीयता निर्धारण गरिन्छ । यसमा अघिल्लो दिनसम्म चीनले अमेरिकामाथि २ स्वर्णको अग्रता लिएको थियो । अन्तिम दिन तीन स्वर्ण जित्दै अमेरिकाले चीनलाई उछिन्दै शीर्षस्थानमा टोकियो ओलम्पिक टुंग्याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)