वृद्धामाथि हँसिया प्रहार गरी सुनको सिक्री लुटेको आरोपमा एक युवक पक्राउ
barnanmedia.com · Sat Oct 17 03:33:02 GMT 2026

गुल्मीको रेसुङ्गा नगरपालिकामा एक वृद्धामाथि हँसिया प्रहार गरी सुनको सिक्री लुटेको आरोपमा एक युवक पक्राउ परेका छन्। उहाँलाई स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका हुन्।
घरमा कोही नभएको मौका छोपी रेसुङ्गा नगरपालिका–१३, भँगेरीकी ६५ वर्षीया यमकला छन्त्यालको सुनको सिक्री लुट्नुका साथै हँसियाले टाउकोमा प्रहार गरेको आरोपमा रेसुङ्गा नगरपालिका–१२ का ३३ वर्षीय सोनु कामी पक्राउ पर्नुभएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले घटनाबारे जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)