मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रवि लामिछानेको राहदानी विवाद : सर्वोच्चले माग्यो कारण देखाऊ आदेश

nayapatrikadaily.com · Thu Apr 06 00:21:00 GMT 2023

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी कसुरमा मुद्दा नचलाउने सरकारको निर्णयविरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ?

आदेशमा भनिएको छ, ‘निवेदकले मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोका म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्नु ।’ इजलासले यसअघि लामिछानेको नागरिकता विवाद सम्बन्धमा संवैधानिक इजलासबाट भएको परमादेश झिकाउन पनि आदेश जारी गरेको छ । संवैधानिक इजलासले लामिछानेको संसद् पदको अयोग्यतासम्बन्धी रिटमा फैसला गरेकोमा गत १३ माघको उक्त फैसला पनि झिकाउन आदेश भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)