मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘महिला हिंसा अन्त्य गरौँ’

gorkhapatraonline.com · Sat Nov 25 06:27:47 GMT 2023

काठमाडौँ, मङ्सिर ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको अभियान, २०८० को शुभकामना सन्देश दिँदै उहाँले सो आवश्यकता औँल्याउनुभएको हो ।

महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर र महिला तथा पुरुषबिचको असमान शक्ति संरचनाको अन्त्य नगरेसम्म महिलाविरुद्धको हिंसा कम गर्न कठिन हुने स्पष्ट पार्दै उहाँले संविधानको मर्म र भावना अनुसार महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बनाउने तथा असमान शक्ति संरचना परिवर्तन गर्नेतर्फ सबैलाई आजको दिनले प्रेरित गरोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)