राष्ट्रपति पौडेल आज विराटनगर आउनु हुँदै
gorkhapatraonline.com · Sat Dec 23 00:39:25 GMT 2023
विराटनगर, पुस ७ गते ।
राष्ट्रपति रामचन्द्र पौडेल आज शनिवार विराटनगर आउदै हुनुहुन्छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गरेको प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पौडेल बिहान ११ बजे विराटनगर आईपुग्ने कार्यक्रम तय भएको छ । विराटनगरस्थित होटल सिटीप्यालेसमा केही समय भेटघाट समेत गर्नुहुनेछ । राष्ट्रपति पौडेल आजै काठमाडौ फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)