बाटो आ-आफ्नो
ekantipur.com · Fri Dec 10 01:13:51 GMT 2021
काठमाडौँ — शुक्रबार उद्घाटन हुने महाधिवेशनका लागि देशभरबाट निर्वाचित करिब ४ हजार ४ सय प्रतिनिधि राजधानी आइसकेका छन् । सभापतिमा शेरबहादुर देउवाको प्रतिस्पर्धी को हुने भन्ने विषयमा सहमति हुन नसकेपछि शेखर कोइराला र प्रकाशमान सिंहले आ–आफ्नो प्रचार सुरु गरेका छन् । विमलेन्द्र निधिले भने दुई महिनाअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।
तीन दिनदेखिका सघन बैठकबाट पनि सभापतिको साझा उम्मेदवार बनाउने प्रयासमा सफलता नमिलेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकबाट नै अलग भएका छन् । चाक्सीबारीमा बुधबार भावुक अभिव्यक्ति दिएर निस्केका पौडेल बिहीबार समूहको बैठकमा मात्र होइन, केन्द्रीय कार्यसमितिको बैठकमा समेत गएनन् । उनी शुक्रबार हुने महाधिवेशन उद्घाटन कार्यक्रममै जाने/नजाने अन्योल छ । ‘तपाईंहरूले मेरो नेतृत्व स्वीकार गर्नु भएन, आपसमा पनि सहमति गर्नु भएन, अब म पार्टीबाट अलग हुन्छु, महाधिवेशनमा पनि आउँदिनँ’ यसो भन्दै गहभरि आँसु लिएर उनी बुधबार बैठकबाट बाहिरिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)