मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली राजनीति, नेकपा एमाले र वर्तमान सन्दर्भ

rajdhanidaily.com · Sun May 23 23:23:10 GMT 2021

लोकतन्त्रको पुनःप्राप्तिपश्चात् देश संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा परिणत भयो । सो आन्दोलनमा अहिलेका एमाले दलका शीर्षस्थ नेता, दोस्रो वरीयतामा रही अब्बल भूमिका निर्वाह गर्दै लोकतन्त्र प्राप्तिको लडाइँमा समर्पित भएका थिए । प्रायः सबैले लामो समय भूमिगत भएर वा कारागारमा कठोर यातनाको सामना गर्दै संघर्ष गरेका थिए । देश गणतन्त्रमा प्रवेश गरेपश्चात् हालका शीर्षस्थ राष्ट्रिय राजनीतिको निर्णायक भूमिकामा छन् । विभिन्न कालखण्ड र घटना क्रममा राष्ट्रका पक्षमा अडान लिन सफल राजनीतिज्ञ क्रमशः आलोचनाको पात्र बन्दै गएको अवस्था छ । पटकपटक सरकारको नेतृत्व तहमा जिम्मेवारीमा पुग्दै गर्दा जनताको अपेक्षा अनुकूल कार्य गर्न नसकेको आरोप यी राजनीतिज्ञलाई लाग्दै आएको छ । यिनीहरूबाट भएका प्रशंसायोग्य कार्यहरू र लिएका अडानका साथै कतिपय राजनीतिक निर्णय लिँदा भएका कमजोरीहरूको विश्लेषण गर्ने प्रयास यस आलेखमा गरिएको छ ।

नेकपा एमाले दलका नेतृत्व पंक्तिमा रहेकाको बारेमा विश्लेषण गर्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अग्रपंक्तिमा स्मरण गर्नुपर्छ, झापा विद्रोहपश्चात् नेताहरू भूमिगत हँुदै गर्दाको समयदेखि यस दललाई आजको अवस्थामा ल्याई पु¥याउन उनको ठूलो योगदान छ । करिब १४ वर्ष यस दललाई नेतृत्व दिने अवसर नेपालले पाएका थिए । सदैव तरल अवस्थामा रहेको देशको राजनीतिक स्थितिमा नेपालमा विशेषगरी सबै दलहरूसँग समझदारी गर्न सक्ने क्षमता भएकाले पनि यो उचाइ प्राप्त गर्न सफल भएका हुन् । लामो समय दललाई नेतृत्व दिँदै प्रधानमन्त्रीसम्म बन्ने अवसर नेपाललाई यही गुणका कारण प्राप्त भएको हो । तर, उनबाट धेरै प्रकारका कमीकमजोरी प्रदर्शन विभिन्न कालखण्डमा हुँदै आएका छन् । अहिले राजनीतिक गतिरोधको प्रमुख कारण नेपाल देखिएका छन् । अध्यक्षमा ओलीसँग झिनो अन्तरले पराजित भए, दल र सरकारको नेतृत्वबाट वञ्चित रहँदै गर्दा एमालेभित्रका असन्तुष्टलाई समेटी मोर्चाबन्दी गरिरहँदा माओवादी केन्द्रबाट एमालेको अतिथि अध्यक्ष बन्ने सौभाग्य प्राप्त कमरेड प्रचण्डसँग स्वार्थ समान भएकाले गोलबद्ध हुन पुगेका हुन् । परिस्थितिले लामो समय दलको नेतृत्व गरेका नेपालको अवस्था दोस्रो वरियतामा खुम्चिन पुगेको थियो । ओली–प्रचण्ड खेमामा उनलार्ई नेतृत्व तहमा पुग्ने अवस्था तत्कालका लागि सम्भव नहुने परिस्थति बन्दै गयो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)