नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनको स्वागत तथा समर्थन
farakdhar.com · Thu May 11 17:04:00 GMT 2023
जवाफदेहिता निगरानी समितिले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरी कानुनी दायरामा ल्याउने कार्यप्रति स्वागत तथा समर्थन गरेको छ ।
‘नेपाल सरकारको उच्च राजनीतिक एवं प्रशासनिक संलग्नता, संरक्षण एवं प्रभावमा ठूलो रकम ठगी गरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुकमा पठाउने गरेको देखियो’ समितिका संयोजक चरण प्रसाईंले आज प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘संगठित अपराधमा सक्रिय गिरोहविरुद्ध नेपाल प्रहरीले तदारुकताका साथ अगाडि बढाएको छानबिन तथा अनुसन्धान प्रक्रियालाई जवाफदेहिता निगरानी समिति हार्दिक स्वागत गर्दछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)