युवाको मत देशको भविष्य
gorkhapatraonline.com · Sat Nov 19 01:25:23 GMT 2022
नागरिकको भावना र चाहनाअनुसारको शासन व्यवस्था मानिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको दोस्रो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन भोलि हुँदै छ। निर्वाचनसँगै पछिको नेपाली राजनीतिक परिवेश र राष्ट्रिय आकाङ्क्षाका विषयमा बहस बढेको छ। राष्ट्रिय सङ्कल्प पूरा हुने विषयमा आशा बढेका छन्। आमनागरिकमा निर्वाचनसँग जोडिएका चासो र सरोकार बढ्नु लोकतन्त्रका लागि सुखद हो।
विशेषगरी पछिल्लो राजनीतिक परिवर्तनपछिका केही वर्षमा अपेक्षित ढङ्गले विकास हुन नसक्नु, सुशासनको प्रत्याभूति गराउन नसक्नु र राजनीतिमा इमानदारीको अभाव हुनुले केही प्रश्न निश्चय नै उठेका छन्। सबै प्रश्नको जवाफ दिन पनि राजनीतिक मैदानबाटै राजनीतिक रूपमै जवाफ दिनुपर्ने भएकाले आसन्न निर्वाचनलाई अलिक महत्वका साथ हेरिनैपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)