मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज बङ्गलादेशसँग खेल्ने

Ujyaaloonline.com · Fri Dec 24 00:58:26 GMT 2021

काठमाण्डाै - १९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।

खेल बिहान सवा एघार बजेदेखि यूएईको सारजाहमा सुरु हुनेछ । नेपाल र बङ्गलादेशबीच हिजो हुने भनिएको खेल आजका लागि सरेको थियो । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् । नेपालले आइतवार श्रीलंका र मंगलवार कुवेतसँग खेल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)