मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिकता विधेयक प्रमाणीकरण संसद्को अपमान : एमाले

ekantipur.com · Sat Jun 03 00:55:34 GMT 2023

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले पुरानो नागरिकता विधेयक प्रमाणीकरण गर्नु संसद्को अपमान भएको एमालेले निष्कर्ष निकालेको छ । एमाले सचिवालय बैठकपछि जारी विज्ञप्तिमा मन्त्रिपरिषद् तथा राष्ट्रपतिको भूमिका नेपालको संविधान, प्रचलित कानुन र स्थापित संसदीय मान्यताविपरीत भएको जनाइएको छ ।

‘प्रतिनिधिसभाले पहिलो अधिवेशन सम्पन्न गरी दोस्रो अधिवेशन चालु रहेको अवस्थामा मन्त्रिपरिषद्ले विधेयक सिफारिस गर्नु र राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संसद्को अपमान हो,’ प्रचार विभाग सचिव गगन विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति कार्यालयको वक्तव्य नेपालको संविधान, प्रचलित कानुन र स्थापित संसदीय मान्यताविपरीत रहेको स्पष्ट छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)